धादिङ- धादिङको कृष्णभीरमा भीषण सडक भासिएपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
अविरल वर्षाका कारण सडकको ठूलो हिस्सा त्रिशूली नदीतर्फ भासिएपछि दुवैतर्फका सवारीसाधन अलपत्र परेका छन्। सडकको अवस्था पूर्ण रूपमा क्षतिग्रस्त भएकाले तत्काल एकतर्फी यातायातसमेत सञ्चालन गर्न नसकिएको प्रहरीले जनाएको छ।
सडक विभाग र प्रहरीको टोली घटनास्थलतर्फ गएको र प्रहरीले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा यात्रा स्थगित गर्न आग्रह गरेको छ।