काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव थप बढेको सूचना प्राप्त भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रभावित क्षेत्रका नागरिक तथा उद्धारमा खटिएका सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
विहान ७:२० को अपडेट अनुसार प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा खटिएका व्यक्ति, नदी तटीय क्षेत्रमा रहेका नागरिक तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो।
प्राधिकरणले थप सूचना प्राप्त हुनासाथ अद्यावधिक जानकारी सार्वजनिक गर्ने जनाएको छ।