आइतबार, भदौ १४, २०८३

उद्धार क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन प्राधिकरणको आग्रह

 |  आइतबार, भदौ १४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०८३

काठमाडौं- रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन उडान नगर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।

प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा मानवीय उद्धार तथा राहतका लागि नेपाल सरकार, गृह मन्त्रालय, नेपाली सेना, निजी क्षेत्रलगायतको समन्वयमा हेलिकप्टर निरन्तर परिचालन भइरहेका छन्। तर केही व्यक्ति तथा संस्थाले स्थानीय प्रशासनको पूर्वस्वीकृति नलिई अनधिकृत रूपमा ड्रोन उडाइरहेको पाइएको छ।

अनधिकृत ड्रोन उडानले हवाई सुरक्षामा गम्भीर जोखिम निम्त्याउनुका साथै हेलिकप्टरमार्फत भइरहेको खोजी तथा उद्धार कार्यमा प्रत्यक्ष बाधा पुग्न सक्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले ‘मानवरहित हवाई उपकरण ड्रोन उडानसम्बन्धी कार्यविधि, २०७५’ बमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा गृह मन्त्रालयबाट पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह गरेको छ।

अनुमति नलिई ड्रोन उडाएमा वा उद्धार कार्यमा बाधा पुर्‍याएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्राधिकरणले स्पष्ट पारेको छ।

प्रकाशित: Aug 30, 2026| 07:10 आइतबार, भदौ १४, २०८३
प्रतिक्रिया दिनुहोस्