शनिबार, भदौ १३, २०८३

रसुवा भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

 |  शनिबार, भदौ १३, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १३, २०८३

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ। नेपाल प्रहरीद्वारा सार्वजनिक गरिएको अद्यावधिक तथ्याङ्क अनुसार बाढी प्रभावित विभिन्न क्षेत्रहरूबाट २ हजार ३०१ जनाको उद्धार तथा प्राथमिक उपचार गरिएको छ भने २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। 

विपद् व्यवस्थापन तथा खोजतलासका क्रममा विभिन्न जिल्लाका नदी तटीय क्षेत्रबाट शवहरू फेला परेका हुन्। प्रहरीका अनुसार सबैभन्दा धेरै चितवनमा २३३, नवलपरासी पूर्वमा १५८, गोरखामा ५४, धादिङमा ४९, नवलपरासी पश्चिममा ४७, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव संकलन गरिएको छ।

यसैगरी बाढी प्रभावित क्षेत्रबाट हालसम्म २ हजार ३०१ जनाको सकुशल उद्धार गरिएको छ, जसमा नुवाकोटबाट १ हजार ६२२ जना, रसुवाबाट ६७६ जना र धादिङबाट ३ जना रहेका छन्। उद्धार गरिएका घाइतेहरूमध्ये काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा उपचारपछि डिस्चार्ज हुनेको संख्या १४० पुगेको छ।

प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन हालसम्म ४ हजार ८५४ जना प्रहरी कर्मचारी प्रत्यक्ष रूपमा परिचालित छन्। सम्पर्कविहीन सुरक्षाकर्मी तथा अन्य नागरिकहरूको खोजी कार्य तीव्र गतिमा जारी रहेको नेपाल प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 29, 2026| 17:10 शनिबार, भदौ १३, २०८३
प्रतिक्रिया दिनुहोस्