शनिबार, भदौ १३, २०८३

भोटेकोशी बाढीमा परेका ६१६ जनाको शव फेला

 |  शनिबार, भदौ १३, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १३, २०८३

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६१६ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीका अनुसार अहिलेसम्म ६१६ जनाको शव फेला परेको हो। जसमा रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८  र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको छ।

यसैबीच, रसुवाका विभिन्न स्थानमा कार्यरत प्रहरीमध्ये २७ जना सम्पर्कमा नआएको नेपाल प्रहरीले जानकारी दिएको छ। सम्पर्कविहीन मध्ये एक जनाको शव फेला परेको छ।

त्यस्तै अहिलेसम्म २३०१ जना घाइते तथा अन्यको उद्धार गरिएको छ। जसमा रसुवाबाट ६७६ जना, नुवाकोटबाट १६२२ जना र धादिङबाट ३ जना रहेका छन्। त्यस्तै काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरुमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेहरुको संख्या १४० पुगेको छ।

प्रकाशित: Aug 29, 2026| 10:08 शनिबार, भदौ १३, २०८३
प्रतिक्रिया दिनुहोस्