शुक्रबार, भदौ १२, २०८३

भोटेकोशी बाढी : १२१ विदेशी पर्यटकको उद्धार

 |  शुक्रबार, भदौ १२, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०८३

काठमाडौं। भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा रहेका १२१ जना विदेशी यात्रुको उद्धार गरिएको छ।

नेपाल पर्यटन बोर्डका अनुसार शुक्रबार दिउँसो ३ः३० बजेसम्म उद्धार गरिएका विदेशीमध्ये सबैभन्दा धेरै भारतका ८५ जना छन्। त्यस्तै चीनका १६, दक्षिण कोरियाका ९, अमेरिकाका २, रुसका २, इटालीका २, बुल्गेरियाका १ र स्वीट्जरल्यान्डका १ जना रहेका छन्। उद्धार गरिएका ३ जनाको राष्ट्रियता भने पुष्टि हुन बाँकी छ।

बुधबार भोटेकोशी र त्रिशूली नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका क्षेत्र प्रभावित भएका छन्।

प्रभावित क्षेत्रमा रहेका तथा ती क्षेत्र हुँदै यात्रा गरिरहेका पर्यटक र यात्रुको अवस्था तथा सुरक्षाबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रका सरोकारवाला निकायले समन्वय गरी जानकारी संकलन तथा उद्धार कार्यलाई तीव्रता दिएका छन्।

बाढीका कारण घाइते, अलपत्र तथा प्रभावित नागरिकको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यसमेत जारी रहेको पर्यटन बोर्डले जनाएको छ।

whatsapp-image-2026-08-28-at-32608-pm_7307266c-1787910609.jpeg
 

प्रकाशित: Aug 28, 2026| 15:35 शुक्रबार, भदौ १२, २०८३
प्रतिक्रिया दिनुहोस्