शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • विद्युत प्राधिकरणले भन्यो- जलविद्युत् आयोजनामा फसेका कर्मचारी र मजदुरको उद्धारमा तिब्रता

विद्युत प्राधिकरणले भन्यो- जलविद्युत् आयोजनामा फसेका कर्मचारी र मजदुरको उद्धारमा तिब्रता

 |  शुक्रबार, भदौ १२, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०८३

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धार कार्यलाई तीव्रता दिएको छ।

प्राधिकरणका अनुसार उद्धारका लागि आवश्यक सामग्री, उपकरण र जनशक्तिसहित थप हेलिकप्टर आज काठमाडौँबाट प्रभावित क्षेत्रतर्फ पठाइएको छ। सुरक्षाकर्मी तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सुरक्षा मापदण्ड पालना गर्दै उद्धार टोली परिचालन गरिएको हो।

विशेषगरी नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारसँगै शान्तिबजार क्षेत्रमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

बाढीबाट प्रभावित आयोजनामा कार्यरत जनशक्तिको सुरक्षा तथा उद्धारलाई उच्च प्राथमिकतामा राखिएको भन्दै प्राधिकरणले आवश्यकताअनुसार उद्धार तथा राहत कार्यलाई निरन्तरता दिने जनाएको छ।

प्राधिकरणले विपद्को कठिन अवस्थामा सबैलाई धैर्य र संयम कायम राख्न आग्रह गर्दै आधिकारिक निकायबाट जारी हुने सूचनालाई मात्र आधार मान्न अनुरोध गरेको छ।

प्रकाशित: Aug 28, 2026| 15:31 शुक्रबार, भदौ १२, २०८३
प्रतिक्रिया दिनुहोस्