शुक्रबार, भदौ १२, २०८३

भोटेकोशी बाढी: अहिलेसम्म ४७७ जनाको शव फेला, ९७७ बेपत्ता

 |  शुक्रबार, भदौ १२, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०८३

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ४७७ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म ४७७ जनाको शव फेला परेको हो। जसमा रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १८६, गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ।

त्यसैगरी, बाढीबाट रसुवामा ४३ जना, धादिङमा ३ जना र नुवाकोटमा २७ जना घाइते भएका छन्। 

यसैबीच, रसुवाका विभिन्न स्थानमा कार्यरत प्रहरीमध्ये २८ जना सम्पर्कमा नआएको नेपाल प्रहरीले जानकारी दिएको छ।  त्यस्तै नेपाली सेनाका ४५ जना, सशस्त्रका १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमनका ४ जनासहित कुल ९७७ जना सम्पर्क विहिन रहेको प्राधिकरणले जानकारी दिएको छ। 

अहिलेसम्म विभिन्न जिल्लाबाट ३ हजार २५३ जनाको उद्धार गरेको जानकारी दिएको छ। त्यस्तै हाल राहत र उद्धारमा नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४२ सय र सशस्त्रका ३६५८ जना गरि १५ हजार १०८ जना सुरक्षाकर्मी खटिएको प्रधिअक्रणले जानकारी दिएको छ। 

प्रकाशित: Aug 28, 2026| 13:32 शुक्रबार, भदौ १२, २०८३
प्रतिक्रिया दिनुहोस्