शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • चीनले नेपाल सरकारलाई भन्यो- पानीको बहाव बढेको हो, ताल फुटेको छैन

चीनले नेपाल सरकारलाई भन्यो- पानीको बहाव बढेको हो, ताल फुटेको छैन

 |  शुक्रबार, भदौ १२, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०८३

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बाढी बढ्दै गएपछि त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार भदौ १० गते बाढी आएको स्थानमा नदी थुनिएर बनेको ताल भरिएपछि पानी बग्न थालेको छ।

चीनले परराष्ट्र मन्त्रालयलाई दिएको पछिल्लो सूचनामा चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक पहिरोका कारण बनेको ठूलो अस्थायी ताल फुटेको नभई भरिएर बग्न थालेको बताइएको छ। भोटेकोशी नदीमा बाढी बहाव बढिरहेको र बाढी साढे १२ बजे स्याफ्रुबेंसी काटेको महाशाखाले जानकारी दिएको छ।

बाढीको प्रभाव त्रिशूली नदीमा समेत पर्न सक्ने जोखिम रहेकाले त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रकाशित: Aug 28, 2026| 13:29 शुक्रबार, भदौ १२, २०८३
प्रतिक्रिया दिनुहोस्