शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • चीनले दियो सीमाको ताल फुटेको सुचना, तटीय क्षेत्रमा सतर्क रहन अपिल

चीनले दियो सीमाको ताल फुटेको सुचना, तटीय क्षेत्रमा सतर्क रहन अपिल

 |  शुक्रबार, भदौ १२, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०८३

काठमाडौं- रसुवाको भोटेकोशी क्षेत्रमा पहिरोको गेग्रान र लेदो जम्मा भएर बनेको अस्थायी ताल फुटेको जानकारी चीनले दिएको छ। अस्थायी ताल फुटेको सूचना नेपालले पाएपछि उद्धार कार्य रोकिएको छ।

चिनियाँ पक्षका अनुसार चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक पहिरोका कारण बनेको ठूलो अस्थायी ताल फुटेको हो। 

यसैबीच रसुवातर्फबाट पुनः बाढी आएको सूचना प्राप्त भएपछि नुवाकोट प्रहरीले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। प्रहरीले विदुरलगायत क्षेत्रमा माइकिङ गर्दै सर्वसाधारणलाई नदी तथा खोलानजिक नजान र अग्लो तथा सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। 'फेरि बाढी आएको सूचना आएको छ। नदीनजिक नजानुहोला, अग्लो सुरक्षित स्थानतर्फ बस्नुहोला' प्रहरीले माइकिङ गर्दै भनेको छ।

भदौ १० गते भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको थियो। अहिले पुनः बाढीको जोखिम देखिएपछि नदी तटीय क्षेत्रमा रहेका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रकाशित: Aug 28, 2026| 12:31 शुक्रबार, भदौ १२, २०८३
प्रतिक्रिया दिनुहोस्