काठमाडौं- रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटिरहेका बेला अनधिकृत रूपमा रकम सङ्कलन भइरहेको भन्दै प्रधानमन्त्री सचिवालयले सहयोगकर्तालाई सजग रहन आग्रह गरेको छ।
कतिपय व्यक्ति, समूह तथा संस्थाले जथाभावी क्यूआर कोड र व्यक्तिगत बैंक खाता नम्बर सार्वजनिक गरी रकम सङ्कलन गरिरहेकोप्रति प्रधानमन्त्री सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विपद्को कठिन अवस्थामा प्राप्त हुने सहयोगको पारदर्शी रूपमा उपयोग, उचित व्यवस्थापन तथा सम्भावित आर्थिक ठगीबाट बच्न सरकारले सार्वजनिक गरेका आधिकारिक क्यूआर कोड र बैंक खाता नम्बरमा मात्र रकम सहयोग गर्न सचिवालयले अनुरोध गरेको छ।सचिवालयले भनेको छ- 'विपद्का बेला हुने आर्थिक सहयोग सही ठाउँमा पुग्ने सुनिश्चितताका लागि सरकारले सार्वजनिक गरेका आधिकारिक क्यूआर कोड र खातामार्फत मात्र सहयोग गर्नुहोस्।'
सरकारका तर्फबाट बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाउन सञ्चालनमा रहेका दुई मुख्य कोष र तिनका खाता विवरणसमेत सार्वजनिक गरिने सचिवालयले जनाएको छ।
सरकारले विदेशमा रहेका नेपाली तथा नेपालको विपद्को घडीमा सहयोग गर्न चाहने विदेशी नागरिक र संस्थाले सिधै नेपाल सरकारको खातामा सहायता रकम पठाउन सक्ने गरि वेब पोर्टल संचालनमा ल्याएको छ। सहयोगका लागि https://pmdrf.nchl.com.np/ वेब पोर्टल प्रयोग गर्न सकिने सरकारले जानकारी दिएको छ।
भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्र प्रभावित भएका छन्। विपद्बाट प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै दीर्घकालीन रूपमा पुनःस्थापना गर्न आवश्यक भएकाले सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न आग्रह गरेको हो।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
हिमालयन बैंक लिमिटेड (डलर खाता) - खाता नम्बर : ०१९०५६३१२१००४६
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड- खाता नम्बर : ०१०१३२४३८०१, ०२०१३२४३८०१
राष्ट्रिय वाणिज्य बैंक- खाता नम्बर : ११३०१००००३७६२००१, ११३०१०००००००६००६
एभरेस्ट बैंक लिमिटेड- खाता नम्बर : ००१००१०५२००२७०, ००१०११०२२०००१२
नेपाल बैंक लिमिटेड- खाता नम्बर : ००२११६००५१००३९०००००३, ००२००१००५१००३९०००००१
ग्लोबल आइएमई बैंक लिमिटेड- खाता नम्बर : ००४०१०१०००००५७, ००४११०१००००००५
नबिल बैंक- खाता नम्बर : १७१००१७५०५२८५
कृषि विकास बैंक लिमिटेड- खाता नम्बर : ०१००२०१००२९०७०१४
प्रधानमन्त्री राहत कोष
राष्ट्रिय वाणिज्य बैंक- खाता नम्बर : १४३०१०००००२५००६, १४३०१००००११६४००१
