काठमाडौं। नेपाली प्रविधि कम्पनी सफ्टनेपले खेलकुद र प्रविधिलाई अझ नजिक ल्याउने उद्देश्यका साथ खेलरो सार्वजनिक गरेको छ।
सफ्टनेपको खेलरो खेलकुदका नतिजा प्रक्षेपण गर्ने प्लेटफर्म हो। प्रयोगकर्ताहरूले यसमार्फत खेल, नतिजा र खेलाडीहरूको प्रदर्शनको अनुमान गर्नसक्छन्। विशेष प्रतियोगिता वा सिजनभर चल्ने प्रतियोगिताहरू मार्फत यसमा सहभागिता जनाउन सकिन्छ।
खेलरोमा इंग्लिस प्रिमियर लिगबाट प्रक्षेपण गर्नसकिन्छ। खेलरोमा सिजनभर चल्ने प्रतियोगिताका लागि पुरस्कार समेत राखिएको छ। सफ्टनेपले खेलरोमा उत्कृष्ट प्रक्षेपण गर्नेहरूलाई विभिन्न पुरस्कार राखेको छ।
प्रथम पुरस्कार ईभी स्कुटर रहेको छ। दोस्रोमा प्लेस्टेशन रहेको छ। तेस्रोमा टेक्नो पोमा ८ फोन रहेको छ भने चौथो पुरस्कारमा बुद्ध एयरको माउन्टेन फ्लाइट रहेको छ।
हरेक गेमवीकमा पनि पुरस्कारहरू उपलब्ध छन्। गेमवीक विजेताले बुद्ध एयरको माउन्टेन फ्लाइट प्राप्त गर्नेछन् भने थप पुरस्कारमा तीन हजार बराबरको सपिङ भाउचर र मुभी टिकट समावेश छन्।
खेलकुद हेर्ने र पछ्याउने माध्यम बदलिरहेको अवस्थामा डिजिटल प्लेटफर्ममार्फत् कम्पनी पनि प्रवेश गरेको सफ्टनेपले जनाएको छ। प्रविधिमा वर्षौं बिताएको सफ्टनेपले नवीन प्लेटफर्महरूमा थप काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। खेलराे आइओएस र एन्ड्रोइड दुवै प्लेटफर्ममा उपलब्ध छ।