शुक्रबार, भदौ १२, २०८३

काठमाडौं महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने

 |  शुक्रबार, भदौ १२, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०८३

काठमाडौं- काठमाडौँ महानगरपालिकाले भोटेकोशी बाढीका कारण प्रभावितको उद्धार, उपचार तथा राहतका लागि सक्रियताका साथ आफ्ना गतिविधि अगाडि बढाउने भएको छ।

कार्यवाहक प्रमुख सुनिता डंगोलले विभिन्न अस्पतालमा उपचारत बाढी प्रभावित घाइते तथा आफन्त बेपत्ता भएका परिवारका सदस्यसँगको भेटघाटपछि आवश्यक सहयोग गर्ने बताएकी हुन्। 

कार्यवाहक नगरप्रमुख डंगोललगायतको टोलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर पुगेर घाइतेको उपचारको प्रबन्ध तथा अन्य विषयमा जानकारी लिएको थियो। 

उनले विपद् प्रभावितको उद्धार, उपचार तथा राहतका लागि तत्काल आवश्यक प्रक्रिया अघि बढाइने बताइन्। उनले भनिन्, “अहिले राष्ट्रिय संकट परेको छ। यस्तो बेलामा नागरिकको जीवन बचाउने, घाइतेको उद्धार र राहतको काम भइरहेको छ। परिवार र आफन्त गुमाएका व्यक्तिलाई हामी सहयोग गर्छौँ।”

त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामीको अवस्थाबारे जानकारी लिँदै डंगोलले आवश्यक औषधि तथा उपकरणको उपलब्धताबारे जानकारी लिएकी थिइन्। अस्पतालका उपनिर्देशक डा. पवनराज चालिसेले विपद्का कारण आकस्मिक स्वास्थ्य सेवा बढेकाले औषधि तथा अन्य अत्यावश्यक सामग्रीको थप व्यवस्था गर्नुपर्ने अवस्था रहेको बताए। 

त्यस्तै, राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइतेको अवस्थाबारे पनि कार्यवाहक प्रमुख डंगोलले जानकारी लिइन्। ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले उपचाररत बिरामीको अवस्थाका बारेमा उल्लेख गरेका थिए। 

सो अवसरमा पनि उनले अस्पतालमा उपचाररत घाइते तथा बेपत्ता परिवारका सदस्यलाई आवश्यक सहयोग उपलब्ध गराउन महानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

प्रकाशित: Aug 28, 2026| 09:01 शुक्रबार, भदौ १२, २०८३
प्रतिक्रिया दिनुहोस्