शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रसुवा बाढी : बेपत्ता ताप्लेजुङका ३ जना सम्पर्कमा, २ अझै बेपत्ता

रसुवा बाढी : बेपत्ता ताप्लेजुङका ३ जना सम्पर्कमा, २ अझै बेपत्ता

 |  शुक्रबार, भदौ १२, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०८३

ताप्लेजुङ- त्रिशूली र भोटेकोशीसहितका नदीहरूमा आएको बाढीका कारण सम्पर्कविहीन भएका ताप्लेजुङका पाँच जनामध्ये तीन जना परिवारको सम्पर्कमा आएका छन् भने दुई जना अझै बेपत्ता छन्। 

रसुवास्थित जलविद्युत आयोजनामा कार्यरत आठराई त्रिवेणी गाउँपालिका–१, निघुरादिनका पासाङतेञ्जी शेर्पा, ङिमासाङ्गे शेर्पा र पासाङ शेर्पा शुक्रबार बिहान ३ बजे परिवारको सम्पर्कमा आएका हुन्। उनीहरू सकुशल सम्पर्कमा आइसकेको आठराई त्रिवेणी गाउँ कार्यपालिका सदस्य शान्ता गुरुङले जानकारी दिइन्। 

बाढीपछि सम्पर्कविहीन भएका अन्य दुई जना भने शुक्रबार बिहानसम्म पनि परिवारको सम्पर्कमा आउन सकेका छैनन्। नुवाकोटस्थित त्रिशूली–३ ‘बी’ जलविद्युत परियोजनामा कार्यरत पाथीभरा याङवरक गाउँपालिका–२, थेचम्बुका भीष्म चापागाईँ र फुङलिङ नगरपालिका–९, हाङदेवाका दुर्गा भट्टराई (दिवस) सम्पर्कविहीन रहेका हुन्।

सम्पर्कविहीन रहेका दुवै जनाको खोजी तथा सम्पर्कको प्रयास भइरहेको परिवारजनले जनाएका छन्।

प्रकाशित: Aug 28, 2026| 08:22 शुक्रबार, भदौ १२, २०८३
प्रतिक्रिया दिनुहोस्