काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले आर्थिक सहयोग गर्न अपिल गरेको छ।
सरकारले यसअघि नेपाली बैंकका खाता नम्बर सार्बजनिक गरेकोमा अब विदेशमा रहेका नेपाली तथा नेपालको विपद्को घडीमा सहयोग गर्न चाहने विदेशी नागरिक र संस्थाले सिधै नेपाल सरकारको खातामा सहायता रकम पठाउन सक्ने गरि वेब पोर्टल संचालनमा ल्याएको छ। सहयोगका लागि https://pmdrf.nchl.com.np/ वेब पोर्टल प्रयोग गर्न सकिने सरकारले जानकारी दिएको छ।
भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्र प्रभावित भएका छन्। विपद्बाट प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै दीर्घकालीन रूपमा पुनःस्थापना गर्न आवश्यक भएकाले सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न आग्रह गरेको हो।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
हिमालयन बैंक लिमिटेड (डलर खाता) - खाता नम्बर : ०१९०५६३१२१००४६
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड- खाता नम्बर : ०१०१३२४३८०१, ०२०१३२४३८०१
राष्ट्रिय वाणिज्य बैंक- खाता नम्बर : ११३०१००००३७६२००१, ११३०१०००००००६००६
एभरेस्ट बैंक लिमिटेड- खाता नम्बर : ००१००१०५२००२७०, ००१०११०२२०००१२
नेपाल बैंक लिमिटेड- खाता नम्बर : ००२११६००५१००३९०००००३, ००२००१००५१००३९०००००१
ग्लोबल आइएमई बैंक लिमिटेड- खाता नम्बर : ००४०१०१०००००५७, ००४११०१००००००५
नबिल बैंक- खाता नम्बर : १७१००१७५०५२८५
कृषि विकास बैंक लिमिटेड- खाता नम्बर : ०१००२०१००२९०७०१४
प्रधानमन्त्री राहत कोष
राष्ट्रिय वाणिज्य बैंक- खाता नम्बर : १४३०१०००००२५००६, १४३०१००००११६४००१
सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार तोकिएका खातामा आर्थिक सहयोग गर्न आग्रह गरेको छ। विपद्को समयमा प्राप्त हुने सहयोगलाई प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतसँगै पुनःस्थापना र पुनर्निर्माणमा उपयोग गरिने सरकारले जनाएको छ।
