काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि निस्किएका छन्।
प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसमेत नुवाकोटतर्फ गएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनीहरु सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये एक, नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्।
भोटेकोशीको बाढीले नुवाकोटका त्रिशुली बजार, बेत्रावतीसहित कैयौं स्थानमा ठुलो धनजनको क्षति पुर्याएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालन गर्ने बताइएको छ।
