बुधबार, भदौ १०, २०८३

भोटेकोशी बाढीपछि ११४ जनाको हवाई उद्धार

 |  बुधबार, भदौ १०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०८३

काठमाडौं। रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीपछि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत ११४ जनाको हवाई उद्धार गरिएको छ।

नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जना तथा निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन्।

नेपाली सेनाले टिमुरे–धुन्चेबाट ६० जना, टिमुरे–त्रिशूलीबाट १३ जना, मैलुङबाट ५ जना, बेत्रावतीबाट ४ जना र त्रिशूलीबाट काठमाडौँतर्फ ३ जनाको उद्धार गरेको छ।

निजी क्षेत्रतर्फ कैलाश हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पताल ५ जना, सिम्रिकले रसुवाबाट ३ जना र अन्नपूर्ण हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पताल ४ जनालाई उद्धार गरेका छन्।

त्यस्तै, प्रभु हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पताल ५ जना, सिम्रिकले रसुवा–टिचिङ अस्पताल २ जना, फिस्टेलले रसुवा–टिचिङ अस्पताल ५ जना, एभरेस्टले रसुवा–टिचिङ अस्पताल २ जना र प्रभु हेलिकप्टरले रसुवाबाट वीर अस्पताल २ जनाको उद्धार गरेका छन्।

बाढी प्रभावित क्षेत्रमा अझै उद्धार तथा खोजी कार्य जारी रहेकाले आवश्यकताअनुसार थप हवाई उद्धार गरिने जनाइएको छ।

प्रकाशित: Aug 26, 2026| 18:49 बुधबार, भदौ १०, २०८३
प्रतिक्रिया दिनुहोस्