काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा खुलिनसकेको जनाएको छ।
भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा जोखिम कायमै रहेकाले अर्को सूचना जारी नभएसम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहन महाशाखाले आग्रह गरेको छ।
महाशाखाले नदीको बहावमा पुनः वृद्धि हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।