बुधबार, भदौ १०, २०८३

भोटेकोशी बाढीः तीन जनाको शव भेटियो, पाँच जनाको उद्धार

 |  बुधबार, भदौ १०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०८३

त्रिशूली- भोटेकोशी बाढीमा परी तीन जनाले ज्यान गुमाएका छन्। त्रिशूली नदी किनारमा तीन वटा शव भेटिएका छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख विपिन रेग्मीको अनुसार त्रिशूलीको किनार सिमचउरमा दुई वटा र कोल्पुटारमा एक जनाको शव फेला परेको हो। शवको पहिचान भने भएको छैन। बाढीमा फसेका पाँच जनालाई उद्धार गरिएको छ।

 उनीहरूलाई  विदुर नगरपालिका–४ स्थित चक्रदेव अस्पताल पुर्याइएको छ। बाढीले सडक र पुल बगाएकाले त्रिशूली अस्पतालसँगको सडक सम्पर्क विच्छेद भएको उनले जानकारी दिए।

प्रकाशित: Aug 26, 2026| 13:48 बुधबार, भदौ १०, २०८३
प्रतिक्रिया दिनुहोस्