काठमाडौं- तिब्बत क्षेत्रबाट आएको त्रिशूली (भोटेकोशी) नदीमा आएको बाढीले रसुवा र नुवाकोटका ७५३ मेगावाट जलविद्युत् आयोजनामा क्षति पुगेको छ।
रसुवा र नवाकोटमा सञ्चालनमा र निर्माणाधीन ७५३ मेगावाट जलविद्युत् आयोजनामा क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले जानकारी दिएको छ। रसुवामा ५७८ मेगावाट सञ्चालनमा रहेका र निर्माणाधीन जलविद्युत आयोजनामा क्षति पुगेका छ।
२१६ मेगावाट माथिल्लो त्रिशूली–१, १२० मेगावाट रसुवा–भोटेकोशी, ६.४२ मेगावाट माथिल्लो मेलुङ–ए निर्माणाधीन अवस्थामा रहेका थिए। यस्तै १११ मेगावाट रसुवागढी जलविद्युत आयोजना, ७८ मेगावाट सान्जेन खोला, ५ मेगावाट मैलङ खोला, २० मेगावाट लाङटाङ खोला र २२ मेगावाट चिलिमे सञ्चालनमा रहेका जलविद्युत आयोजना हुन्।
नुवाकोटमा १७५.७ मेगावाट सञ्चालनमा रहेका र निर्माणाधीन जलविद्युत आयोजनामा क्षति पुगेका छन्। २४ मेगावाट त्रिशूली जलविद्युत आयोजना, १४.१ मेगावाट देवीघाट जलविद्युत् आयेजना, ६० मेगावाट माथिल्लो त्रिशूली–३ए र २५ मेगावाट सोलार सञ्चालनमा रहेका थिए। ३७ मेगावाट माथिल्लो त्रिशूली–३बी र १५.६ किलोवाट मिडल त्रिशूली गंगा निर्माणाधीन हुन्।