काठमाडौं- तिब्बत क्षेत्रबाट आएको त्रिशूली (भोटेकोशी) नदीमा बुधवार बिहान आएको बाढीले टिमुरेस्थित रसुवा भन्सार कार्यालयमा पूर्णरूपमा भौतिक क्षति भएको छ।
बाढीले कार्यालयमा भौतिक क्षति सँगै कर्मचारीसमेत सम्पर्कविहीन भएका छन्। भन्सार विभागका महानिर्देशक यमलाल भूसाल भने,‘रसुवा बाढीले ठूलो क्षति पुर्याएको छ।
धनसम्पतिको त अहिले कुरौ नगरौँ। कति भयो कति भयो कुरै भएन।’ उनका अनुसार रसुवा भन्सार कार्यालयलमा ३७ जना कर्मचारीको दरबन्दी रहेको देखिन्छ। हालसम्म १५/१७ जना कर्मचारी मात्रै सम्पर्कमा आएका छन्। सम्पर्कमा आउन बाँकी २० जना कर्मचारीको अवस्था अज्ञात रहेको उनको भनाइ छ।