बुधबार, भदौ १०, २०८३

भोटेकोशी बाढीपछि उद्धार शुरु, १२ हेलिकप्टर परिचालन

 |  बुधबार, भदौ १०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०८३

काठमाडौं- भोटेकोशी नदी रसुवाका बाढपीडितको उद्धार शुरु भएको छ।

नेपाली सेनाका अनुसार हालसम्म १२ जनाको उद्धार भइसकेको छ। जसमा सेनाको हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ र मैलुङबाट २ र धुन्चेबाट ४ गरी हालसम्म १२ जनाको उद्धार भएको हो।

उक्त इलाकामा नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी जम्मा १२ वटा हेलिकोप्टर उद्धार कार्यमा खटिएका छन्। यसका साथै नेपाली सेनाको मेडिकल टिमद्वारा त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको पनि नेपाली सेनाले जनाएको छ।

प्रकाशित: Aug 26, 2026| 13:11 बुधबार, भदौ १०, २०८३
प्रतिक्रिया दिनुहोस्