बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बाढी पूर्वानुमान महाशाखाले भन्यो- त्रिशूली आसपासका बस्ती खाली गर्नुहोस्

बाढी पूर्वानुमान महाशाखाले भन्यो- त्रिशूली आसपासका बस्ती खाली गर्नुहोस्

 |  बुधबार, भदौ १०, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०८३

धादिङ- रसुवाको भोटेकोशीमा आएको बाढी त्रिशूली नदी हुँदै धादिङको मलेखु बजार आसपास पुगेको छ। बाढी अबको करिब आधा घण्टामा मुग्लिन पार गर्ने क्रममा रहेकाले त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले पृथ्वी राजमार्ग, मुग्लिन, नारायणगढलगायत त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्र खाली गरी सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।

महाशाखाले बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा जान आग्रह गरेको हो।

प्रकाशित: Aug 26, 2026| 12:30 बुधबार, भदौ १०, २०८३
प्रतिक्रिया दिनुहोस्