सोमबार, भदौ ८, २०८३

विराटनगर मालपोत अगाडि नवजात शिशु फेला, उपचार हुँदै

 |  सोमबार, भदौ ८, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०८३

विराटनगर। मोरङको विराटनगर महानगरपालिका ७ स्थित मालपोत कार्यालय अगाडि फेला परेको नवजात शिशुको मोरङ प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको छ।

आज करिब २-३ दिनको नवजात शिशु छोरा फेला परेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरीले शिशुको उद्धार गरी उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्‍याएको हो। हाल शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

नवजात शिशुलाई उक्त स्थानमा कसले र किन छाडेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 24, 2026| 10:47 सोमबार, भदौ ८, २०८३
प्रतिक्रिया दिनुहोस्