बुधबार, जेठ ६, २०८३

पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

 |  बुधबार, चैत ११, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, चैत ११, २०८२

काठमडौं। नेपाल प्रहरीको खोजतलासपछि काठमाडौं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ।

National life

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज एक कार्यक्रमकाबीच ती मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो। कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले २७ मोटरसाइकल र २३ स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गर्नुभयो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमबाट प्राप्त सूचनाका आधारमा खोजी गर्दा केही वास्तविक नम्बर प्लेट र केही नक्कली नम्बर प्लेट राखेर चलाइरहेको अवस्थामा ती सवारीसाधन फेला पारिएका थिए।

काठमाडौंको काँडाघारी, स्वयम्भू, दरबारमार्ग, चापागाँउ, नेपालटार, नयाँबसपार्क, बालकुमारी, लोकन्थली, वसन्तपुर, कालीमाटी, बौद्ध, गोकर्ण, मूलपानी, सुकेधारा, सुन्दरीजल, थानकोट, सोह्रखुट्टे, कपन, चागललगायतका स्थानबाट ती सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको बताइएको छ।

आज बुझाइएका ५० ओटासहित गत साउनयता ३४७ ओटा सवारीसाधन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई जिम्मा लगाइसकेको छ। चोरीमा संलग्न ३१ जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Shivam cement

प्रकाशित: Mar 25, 2026| 19:29 बुधबार, चैत ११, २०८२
प्रतिक्रिया दिनुहोस्