शनिबार, मंसिर २७, २०८२

सुदूरपश्चिमले दियो लुम्बिनीलाई ८६ रनको लक्ष्य

 |  शनिबार, मंसिर २७, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २७, २०८२

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनकोे फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको लक्ष्य दिएको छ।

National life

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित १९.१ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन बनाएको हो।

सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रन बनाए। विनोद भण्डारी ०, शेल्डोन ज्याकसोन एक, आरिफ शेख ६, कप्तान दीपेन्द्रसिंह ऐरी १३, दीपक बोहरा ०, पुनित महरा ०, अभिनास बोहरा एक, हर्मित सिंह १० र स्कट कुगेइलेन १० रनमा आउट भए। हेमन्त धामी ७ रनमा अविजित रहे।

ब्लिङमा लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक पूरा गरे। रोहित एनपीएलमा ह्याट्रिक पूरा गर्ने दोस्रो खेलाडी बनेका छन्। यसअघि काठमाण्डु गोर्खाजका शाहव आलमले ह्याट्रिक पूरा गरेका थिए।

रोहितले ११औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा विकेट लिए। शेर मल्ल र रुवेन ट्रम्पलम्यानले ३—३ र तिलक भण्डारीले एक विकेट लिए।

Laxmi sunrise bank
kumari

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो भने इलिमिनेटरमा काठमाडौं गोर्खाज् र दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गरेर लुम्बिनीले फाइनलमा आफ्नो स्थान बनाएको हो।

प्रकाशित: Dec 13, 2025| 17:12 शनिबार, मंसिर २७, २०८२
प्रतिक्रिया दिनुहोस्