बिहीबार, असार ११, २०८३

काठमान्डूलाई पराजित गर्दै लुम्बिनी दोस्रो क्वालिफायरमा

 |  बुधबार, मंसिर २४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०८२

काठमाडौं । काठमान्डू गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स जारी नेपाल प्रिमियर लिगको क्वालिफयर दुईमा पुगेको छ।

National life

काठमान्डूले दिएको ११२ रनको सामान्य लक्ष्य १७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो।

लुम्बिनीकका ओपनर डार्सीले सर्वाधिक ३३ रन बनाए। सन्दीप जोरा २३, कप्तान रोहित कुमार पौडेल १८ र निरोसन डिकोलाले १४ रन बनाए।

काठमान्डूका सन्तोष यावद २, रासिद खान, कप्तान करण केसी, साहब आलम र सन्नि पट्टेलले समान एक विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको काठमान्डुले १९.१ ओभरमा सबै विकेट गुमाएर १११ रन बनाएको थियो।

Shivam cement

खराब सुरुआत गरेको काठमान्डूले पावरप्लेमै ५ विकेट गुमाएर २९ बनाएको थियो। काठमान्डूका सन्तोष यादवले सर्वाधिक २३ रन बनाए।

महोमद आदिल आलम र जोन सिम्सनले समान १८ रन बनाए। यस्तै, भिम सार्की १४, कप्तान करण केसीले ९ रन बनाए।

लुम्बिनीका शेर मल्ल र कप्लेतान रोहित कुमार पौडेलले समान ३ विकेट लिए। रुवेश ट्रम्पलम्यानले २, अभिषेक गौतम १ विकेट लिए।

जितसँगै लुम्बिनीले फाइनल प्रवेशको लागि विराटनगर किंग्ससँग बिहिवार खेल्ने छ। बिराटनगर मंगलबार भएको पहिलो क्वालिफयरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित हुँदै दोस्रो क्वालिफयरमा आइपुगेको हो।

 

 

प्रकाशित: Dec 10, 2025| 19:24 बुधबार, मंसिर २४, २०८२
प्रतिक्रिया दिनुहोस्