शनिबार, कात्तिक ७, २०८३

काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य

 |  बुधबार, मंसिर २४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २४, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को इलिमिनेटरमा काठमाण्डु गोर्खाजले लुम्बिनी लायन्सलाई ११२ रनको लक्ष्य दिएको छ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाण्डुले १९ ओभर एक बलमा १११ रन बनाउँदै अलआउट भयो।

काठमाण्डुका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए। जोन सिम्पसन र मोहम्मद आदिल आलम १८–१८, वेन चाल्र्सवर्थ ४, आकाश त्रिपाठी १, सन्नी पटेल ७, मिलिन्द कुमार २, भीम सार्की १४, कप्तान करण केसी ९ र रसिद खान २ रनमा आउट भए।

शाहव आलम ४ रनमा अविजित रहे। बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले ३–३ तथा रुवेन ट्रम्पलम्यानले दुई र अभिषेश गौतमले एक विकेट लिए।

प्रकाशित: Dec 10, 2025| 18:04 बुधबार, मंसिर २४, २०८२
प्रतिक्रिया दिनुहोस्

थप समाचार

चर्चामा एनपीएलको तेस्रो संस्करण, दर्शकमा बढदो क्रेज

नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ।