बुधबार, भदौ १७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई दियो १५६ रनको लक्ष्य

सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई दियो १५६ रनको लक्ष्य

 |  मंगलबार, मंसिर २३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २३, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ।

टीयु क्रिकेट मैदानमा विराटनगरविरुद्ध टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको हो।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए। विनोदले ५२ बलमा ३ चौका र २ छक्का प्रहार गरे। मुख्तार अहमद १०, शेल्डन ज्याकसन २०, आरिफ शेख २०, इशान पाण्डे १३, कप्तान दीपेन्द्रसिंह ऐरी ३, हर्मित सिंह १४ रनमा आउट भए।

स्कट कुगेलेइन १ र मिलन बोहरा ५ रनमा अविजित रहे। ब्लिङमा विराटनगरका मार्चन्ट डि लिङ र प्रतिश जिसीले दुई÷दुई तथा सूर्य तामाङ र साम हिटलेटले एक÷एक विकेट लिए।

प्रकाशित: Dec 09, 2025| 18:08 मंगलबार, मंसिर २३, २०८२
प्रतिक्रिया दिनुहोस्