शनिबार, कात्तिक ७, २०८३

पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई दियो २०२ रनको लक्ष्य

 |  मंगलबार, मंसिर १६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १६, २०८२

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २०१ रन बनाएको हो।

पोखराका लागि ओपनर एडम रोसिङटनले शतक प्रहार गरे। एडम ५८ बलमा १०८ रनमा अविजित रहे। जेसोन रोय ४६ र कप्तान कुशल भुर्तेल १८ रनमा आउट भए धनन्जय लक्षन २३ रनमा अविजित रहे।

बलिङमा कर्णालीका मार्क वाट र गुल्सन झाले एक/एक विकेट लिए।

प्रकाशित: Dec 02, 2025| 18:24 मंगलबार, मंसिर १६, २०८२
प्रतिक्रिया दिनुहोस्

थप समाचार

चर्चामा एनपीएलको तेस्रो संस्करण, दर्शकमा बढदो क्रेज

नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ।