बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एनपिएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै

एनपिएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै

 |  मंगलबार, मंसिर ९, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ९, २०८२

काठमाडौं- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ। उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ः०० बजे सुरु हुनेछ।

करण केसीको कप्तानीमा रहेको काठमाडौँले तीन खेल खेलेको छ। यसका दुई हार र एक खेलमा जित निकालेको थियो। काठमाडौँ दुई अङ्कसहित तेस्रो स्थानमा छ।

रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अङ्कसहित चौथो स्थानमा छ। दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ।

प्रकाशित: Nov 25, 2025| 07:42 मंगलबार, मंसिर ९, २०८२
प्रतिक्रिया दिनुहोस्