बिहीबार, भदौ १८, २०८३

सुदूरपश्चिमले दियो कर्णाली याक्सलाई १४० रनको लक्ष्य

 |  सोमबार, मंसिर ८, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०८२

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध १४० रनको लक्ष्य दिएको छ।

सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउदै १४० रनको लक्ष्य दिएको हो। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले २८ बलमा एक चौका र २ छक्कासहित ३९ रन जोडेका छन्।

सोमबार त्रिवि क्रिकेट मैदानमा सुरु भएको दोस्रो खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन्।

दुई खेल खेलेका सुदूरपश्चिम चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ। कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेर तेस्रो स्थानमा छ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित: Nov 24, 2025| 18:19 सोमबार, मंसिर ८, २०८२
प्रतिक्रिया दिनुहोस्