बिहीबार, भदौ १८, २०८३

एनपीएल : सुदूरपश्चिम दोस्रो जित, पोखराको दोस्रो हार

 |  शुक्रबार, मंसिर ५, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ५, २०८२

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन-२ मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई पराजित गर्दै दोस्रो जित हात पारेको छ।

सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन मात्र जोड्न सक्यो।

पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले पनि जितका लागि प्रयाप्त हुन सकेन। कुशल ३२ बलमा ५३ रन बनाएर आउट भएका थिए। जिम्मी निशमले ४७ रनको जोडेका थिए।

ड्यान डाउथवैट ३७, दीनेश खरेल ६, एडम रोसिङटोन १, किरण ठगुन्ना ९, सुमीत वर्मा ६ र अभिषेख तिवारी ३ रनमा आउट भए। आकाश चन्द १ र विपिन खत्री ७ रनमा अविजित रहे।

बलिङमा सुदूरपश्चिमका हर्मित सिंहले २, स्कट कुइगेलेइन, कप्तान दीपेन्द्रसिंह ऐरी, अभिनास बोहरा, हेमन्त धामी र नरेन भट्टले एक/एक विकेट लिए।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १९३ रन बनाएको थियो।

प्रकाशित: Nov 21, 2025| 20:06 शुक्रबार, मंसिर ५, २०८२
प्रतिक्रिया दिनुहोस्