शनिबार, कात्तिक ७, २०८३

विश्वकप छनोटमा पोर्चुगलको लगातार दोस्रो जित

 |  बुधबार, भदौ २५, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २५, २०८२

काठमाडौं- पोर्चुगलले विश्वकप छनोट अन्तर्गत हंगेरीमाथि जित हासिल गरेका छन्। गएराती सम्पन्न खेलमा पोर्चुगलले हंगेरीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो, बेर्नार्डो सिल्भा र जोआओ कान्सेलोले एक एक गोल गरेका थिए। त्यस्तै हंगेरीका लागि बारनाबास भार्गाले दुई गोल गरेका थिए।

यो जितपछि पोर्चुगलले युरोपको विश्वकप छनौटमा लगातार दोस्रो जित हासिल गरेको छ। समुह एफ मा रहेको पोर्चुगलको २ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ। त्यस्तै हंगेरीको २ खेलमा एक अंक मात्र रहेको छ र समुहमा तेस्रो स्थानमा रहेको छ।

प्रकाशित: Sep 10, 2025| 07:14 बुधबार, भदौ २५, २०८२
प्रतिक्रिया दिनुहोस्

थप समाचार

चर्चामा एनपीएलको तेस्रो संस्करण, दर्शकमा बढदो क्रेज

नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ।