काठमाडौं- फिफा विश्वकपको युरोप छनौट अन्तर्गत इटालीले इजरायललाई पराजित गरेको छ भने स्विडेन कोसोभोसँग हारेको छ।
गएराती सम्पन्न खेलमा इटालीले इजरायललाई ५-४ गोल अन्तरले पराजित गरेको हो। इटालीको जितमा मोइज कीन, माटेओपोलिटानो, गियाकोमो रासपानडोरी र सान्द्रो टोनालीले एक एक गोल गरेका थिए।
त्यस्तै इजरायलका लागि डोर पेरेजले २ गोल गरेका थिए भने इटालीका मानुएल लोकाटेली र अलेसान्द्रो बासटोनीले एक एक गोल गरेका थिए।
यो जितपछि समुह आइ मा रहेको इटालीको ४ खेलमा ९ अंक भएको छ र हाल समुहमा दोस्रो स्थानमा छ। त्यस्तै इजरायलको ५ खेलमा ९ अंक रहेको छ र हाल समुहमा तेस्रो स्थानमा रहेको छ।
त्यस्तै समुह बी मा रहेको स्विडेन कोसोभोसँग २-० गोल अन्तरले पराजित भएको छ। कोसोभोको जितमा एल्भिस रेक्स बेकाज र भेडाट मुरिकीले एक एक गोल गरेका थिए।
यो जितपछि कोसोभोको २ खेलमा ३ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ। त्यसैगरी स्विडेनको २ खेलमा एक अंक रहेको छ र समुहमा तेस्रो स्थानमा छ।