सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • टप एण्ड टी–२० सिरिजमा बंगलादेश ‘ए’ ले दियो नेपाललाई १८४ रनको चुनौती

टप एण्ड टी–२० सिरिजमा बंगलादेश ‘ए’ ले दियो नेपाललाई १८४ रनको चुनौती

 |  शनिबार, साउन ३१, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३१, २०८२

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपालले बंगलादेश ‘ए’ विरुद्ध बलियो लक्ष्य पाएको छ।

National life

शनिबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ‘ए’ ले २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाया।  नेपाललाई जितका लागि १८४ रनको चुनौती दिएको छ।

बंगलादेशका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए भने अफिफ होसेनले अविजित ४८ रनको योगदान दिए। 

नेपालका तर्फबाट रिजन ढकालले २ विकेट लिए। नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले समान १–१ विकेट लिए।

नेपालले यसअघि शुक्रबार भएको पहिलो खेलमा एनटी स्ट्राइकसँग पराजय ब्यहोरेको थियो।
 

kumari

प्रकाशित: Aug 16, 2025| 17:30 शनिबार, साउन ३१, २०८२
प्रतिक्रिया दिनुहोस्