बुधबार, असोज २२, २०८२

साम्बा बनिन् म्याक्सिम्याक्सको ब्रान्ड एम्बेसडर

 |  मंगलबार, साउन २७, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०८२

काठमाडौं। म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेस र नेपाली महिला फुटबल टोलीकी कप्तान सबित्रा भण्डारी ’साम्बा’को ब्रान्ड एम्बेसडर हस्ताक्षर भएको छ।
मंगलबार पत्रकार सम्मेलन गर्दै म्याक्सिम्याक्सले म्याक्सिम्याक्स संस्थाको ब्रान्ड एम्बासडर ’साम्बा’ सँग तीन वर्षका लागि सम्झौता गरेको बताएको हो ।

Kumaribank

साम्बाले गत वर्ष फ्रान्सको प्रिमियर लिगमा गुइनगाम्पबाट खेल खेलेको जनकारी गराँउदै अव छिट्टै नै अस्ट्रेलियाको प्रिमियर लिगमा वेलिङटन फोनिक्सबाट सहभापग हुने आयोजकको भनाइ छ। 

नेपाली राष्ट्रिय टोलीबाट ६० खेलमा ६६ गोल गरेकी सावित्रालाई म्याक्सीम्याक्ससँग जोड्न पाँउदा उत्साहित रहेको आयोजकको भनाइ छ। 

संयुक्त प्रेस विज्ञप्ति 

म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेस र नेपाली महिला फुटबल टोलीकी कप्तान सबित्रा भण्डारी ’साम्बा’ को ब्रान्ड एम्बेसडर हस्ताक्षर समारोहमा सहभागी हुन आउनु हुने सबैलाई हार्दिक स्वागत गर्दछौ। नेपाली राष्ट्रिय टोलीबाट ६० खेलमा ६६ गोल गर्नु भएका सावित्रालाई म्याक्सीम्याक्ससँग जोड्न पाउदा हामी निकै उत्साहित छौं।

Metro Mart

नेपाल एपीएफ क्लबबाट खेल सुरु गर्नु भएका साम्बाले इन्डियन वुमन्स लिगमा सेथु एफसी, गोकुलम केरलाबाट खेलिसक्नु भएको छ। २०२२–२३ मा गोकुलमलाई इन्डियन वुमन्स लिगको उपाधि दिलाउदा १० खेलमा ३१ गोल गर्नु भएको थियो, जुन एउटा कीर्तिमान पनि हो।

त्यसबाहेक साम्बाले इजरायलको होपोइल रानानाबाट पनि खेलिसक्नु भएको छ। गत वर्ष उहाँले फ्रान्सको प्रिमियर लिगमा गुइनगाम्पबाट खेल्नु भएको थियो। अव छिट्टै नै अस्ट्रेलियाको प्रिमियर लिगमा वेलिङटन फोनिक्सबाट खेल्नु हुनेछ। हामी ’साम्बा’ ले न्यूजील्यान्डको वेलिङ्टन फिनिक्सका लागि व्यवसायिक सम्झौता गर्नुभएकोमा बधाई साथै अष्ट्रेलियाको शीर्ष डिभिजन लिगमा आगामी सिजनका लागि शुभकामना दिन चाहन्छौं।

म्याक्सिम्याक्सले संस्थाको ब्रान्ड एम्बासडर ’साम्बा’ सँग ३ वर्षका लागि सम्झौता गरेको छ। खेलकुद र विशेष गरी फुटबलबाट सफलताको शिखरमा पुग्नुभएकी ’साम्बा’ नेपाली युवाहरूका लागि प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ। युवाहरूलाई आफ्नो सपना पछ्याउन र विश्वभर अवसर खोज्न प्रोत्साहित गर्ने यही भावना म्याक्सिम्याक्स एजुकेशन एन्ड माइग्रेशन सर्भिसेजको पनि हो–जहाँ हामी तपाईंलाई अध्ययन, करियर र भविष्यका लागि सही मार्गदर्शन प्रदान गर्छौं।

अष्ट्रेलियाको मेलबर्नमा मुख्य कार्यालय रहेको म्याक्सिम्याक्स एजुकेशन अष्ट्रेलियामा विभिन्न सामाजिक, सांस्कृतिक र खेलकुद गतिविधिहरूमा सक्रिय रूपमा संलग्न रहेको छ। नेपालमा ललितपुरको कुमारीपाटी, चितवनको पर्सा र पोखराको चिप्लेढुंगामा म्याक्सीम्याक्सका शाखा रहेको छ।

प्रकाशित: Aug 12, 2025| 21:51 मंगलबार, साउन २७, २०८२
प्रतिक्रिया दिनुहोस्