बुधबार, असार ३, २०८३

नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

 |  आइतबार, साउन २५, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०८२

काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय टोलीका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ।

National life

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र क्यानका अध्यक्ष चतुर्बहादुर चन्दले जर्सी सार्वजनिक गरेका हुन्।

नेपाली गार्मेन्टमा उत्पादित जर्सीलाई शेयर ब्रोकर कम्पनी नासा सेक्युरिटिजले प्रायोजन गरेको छ। नीलो रंगको जर्सीको कलर र बाउलाको बोर्डरमा सुन्तला कलर राखिएको छ।

दुवैतर्फको काँधमा राष्ट्रिय झण्डा राखिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्ने खेलमा अब यही जर्सी लगाउने छन्। जर्सी सार्वजनिक कार्यक्रममा नेपाली क्रिकेट टोलीका खेलाडीहरू उपस्थित थिए।

यसैगरी क्यानले अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टी–२० सिरिज खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ। टप एण्ड टी–२० सिरिज खेल्ने टोलीको बिदाइ गरेको हो। टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ। उक्त सिरिज अगष्ट १४ देखि २४ सम्म डार्विनमा हुनेछ

Shivam cement

प्रकाशित: Aug 10, 2025| 19:45 आइतबार, साउन २५, २०८२
प्रतिक्रिया दिनुहोस्