बुधबार, भदौ १७, २०८३

नेपाल उत्तर कोरियासँग पराजित

 |  आइतबार, साउन २५, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०८२

काठमाडौं । नेपाल साविक विजेता उत्तर कोरियासँग पराजित भएको छ। योसँगै एफसी महिला यु–२० च्याम्पियनसिप छनोटको समूह चरणबाटै बाहिरिएको छ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा आज भएको समूह ‘ए’ को अन्तिम तथा निर्णायक खेलमा उत्तर कोरियासँग नेपाल ११–० गोलअन्तरले पराजित भएको हो। यस हारसँगै अर्को वर्ष थाइल्याण्डमा आयोजना हुने एएफसी यु–२० एसियन कपमा स्थान बनाउने नेपालको सम्भावना समाप्त भएको छ।

यस जितसँगै कोरियाले तीन खेलमा ९ अङ्क जोड्दै एसियन कपमा स्थान बनाएको छ। आजको खेलमा कोरियाले पहिलो हाफमा पाँच गोल गर्‍यो भने खेलको दोस्रो हाफमा छ गोल थप्यो।

उत्तर कोरियाले पहिलो खेलमा साउदी अरेबियालाई १५–० ले हराएको थियो भने दोस्रो खेलमा भुटानलाई १०–० गोलले पराजित गरेको थियो। 

हारसँगै नेपाल तीन खेलमा चार अङ्क जोड्दै प्रतियोगिताको यात्राबाट बाहिरिएको छ। नेपालले पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेलेको थियो भने साउदी अरेबियाविरुद्धको दोस्रो खेलमा १–० ले जित हासिल गरेको थियो।

प्रकाशित: Aug 10, 2025| 18:04 आइतबार, साउन २५, २०८२
प्रतिक्रिया दिनुहोस्