सोमबार, वैशाख १४, २०८३

नेपाली यु–२० महिला रग्बी टोली घोषणा

 |  आइतबार, साउन १८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०८२

काठमाडौं । नेपाल रग्बी संघले एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफीका लागि नेपाली महिला रग्बी टोली घोषणा गरेको छ।

National life

आगामी साउन २४ देखि २७ गतेसम्म भारतमा एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफी २०२५ आयोजना हुँदैछ। यसैका लागि संघले आज १३ सदस्यीय नेपाली युवा टोली घोषणा गरेको हो।

नेपाली टोलीमा सम्झौता तुम्बापो, लक्की मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोश्ना पोखरेल, पूजा डङ्गोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रमिरा शाही रहेकी छन्। टोली आगामी साउन २२ गते भारत प्रस्थान गर्ने कार्यक्रम छ।

सावित्री पुर्जाको प्रशिक्षणमा टोली छनोट भएको र हाल सर्लाहीको राधाकृष्ण खेल मैदानमा प्रशिक्षण भइरहेको सङ्घका महासचिव गोविन्द घिमिरेले जानकारी दिए। प्रतियोगिता हुने भारतको मौसमसँग मिल्नेगरी टोलीलाई एक महिनादेखि सर्लाहीमा प्रशिक्षणमा राखिएको उनले बताए।

भारतको बिहारस्थित राजगीर रङ्गशालामा हुने प्रतियोगितामा एसियाका विभिन्न ११ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। अघिल्लो संस्करणअन्तर्गत यस उमेर समूहको प्रतियोगिता नेपालमा नै आयोजना भएको थियो।

kumari

प्रकाशित: Aug 03, 2025| 20:08 आइतबार, साउन १८, २०८२
प्रतिक्रिया दिनुहोस्