मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • मधेश प्रदेशका स्वास्थ्य मन्त्री सिंहद्वारा प्रादेशिक अस्पतालको अनुगमन

मधेश प्रदेशका स्वास्थ्य मन्त्री सिंहद्वारा प्रादेशिक अस्पतालको अनुगमन

 |  शुक्रबार, साउन १६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०८२

National life

सिराहा । मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंहले आज सिरहास्थित प्रादेशिक अस्पतालको अनुगमन गरेका छन्। अस्पतालको सरसफाइ, औषधिको अभावलगायतका विषयमा गुनासो आएपछि मन्त्री सिंहले आकस्मिक अनुगमन गरेका हुन्।

अनुगमनका क्रममा मन्त्री सिंहले अस्पतालमा सञ्चालित सेवा सुविधा अवलोकन गर्दै जनतालाई गुणस्तरीय सेवा दिन अस्पताल प्रशासन र स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिए।

उनले भने, 'स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो । कुनै पनि नागरिकले सेवा लिन आउँदा अपमानित महसुस गर्नु हुँदैन। अस्पतालले नागरिकमैत्री व्यवहार र उच्चस्तरीय सेवा दिनुपर्छ।'

विशेषगरी आइसियू, एनआइसियू, आकस्मिक कक्ष, र बाहिरङ्ग सेवामा गम्भीर ध्यान दिनुपर्ने बताउँदै उहाँले चिकित्सक तथा कर्मचारीलाई संवेदनशील र उत्तरदायी हुन आग्रह गरे।

kumari

मन्त्री सिंहले १५० शय्याको यस अस्पताललाई विशेषज्ञ सेवा दिने स्तरमा पु-याउन प्रदेश सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: Aug 01, 2025| 20:38 शुक्रबार, साउन १६, २०८२
प्रतिक्रिया दिनुहोस्