बुधबार, भदौ १७, २०८३

ताप्लेजुङ गोल्डकप साउन अन्तिम सातादेखि

 |  बिहीबार, साउन १५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०८२

ताप्लेजुङ । तेस्रो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकप यही साउन २४ गतेदेखि सुरु हुने भएको छ। पाथीभरामा आज आयोजिक कार्यक्रममा आयोजकले खेल तालिका सार्वजनिक गरेको हो।

खेलकुदको माध्यमबाट पाथीभरा मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए। उद्घाटन खेल तेल्लोक स्पोर्टिङ क्लब र द योङ ब्रदर्श फुटबल क्लब इटहरीबीच हुने छ। साउन २५ गते सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबीच खेल हुनेछ।

अध्यक्ष मादेनका अनुसार साउन ३१ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले रु सात लाख दुई हजार ८२ र उपविजेताले रु तीन लाख ५० हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रकाशित: Jul 31, 2025| 20:31 बिहीबार, साउन १५, २०८२
प्रतिक्रिया दिनुहोस्