शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • संस्कृतिमन्त्री पाण्डेद्वारा पशुपति क्षेत्रको अवलोकन

संस्कृतिमन्त्री पाण्डेद्वारा पशुपति क्षेत्रको अवलोकन

 |  सोमबार, साउन १२, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, साउन १२, २०८२

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले साउनको दोस्रो सोमबारका अवसरमा पशुपति क्षेत्रको अवलोकन गरेका छन्।

National life

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले भक्तजनले सहज रूपमा मूल मन्दिरभित्र प्रवेश पाए/नपाएको, सुरक्षा व्यवस्थालगायत विषयमा कोषका पदाधिकारी एवं कर्मचारीसँग जानकारी लिएका थिए।

कोषका सदस्य सचिव एवं कर्मचारीलाई उहाँले सहज रूपमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गर्न निर्देशन दिएका थिए।

साउन महिनाको दोस्रो सोमबार आज पनि बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएका थिए। यस्तै, चार वटा सवारीसाधनमार्फत चक्रपथबाट पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनलाई दिनभर निःशुल्क सेवा दिइएको कोषका सदस्य सचिव सुभाषचन्द्र जोशीले जानकारी दिए।

बिहानदेखि दिनभर साउने झरी परिरहे पनि भक्तजनले छाता ओढेर भए पनि पशुपतिनाथको दर्शन एवं पूजा आराधना गरेका थिए। बेलुकी ७ बजेसम्म करिब एक लाख ५० हजार भक्तजनले पशुपतिनाथको मूल मन्दिरभित्र दर्शन गरेको अनुमान रहेको सदस्य सचिव जोशीले बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 28, 2025| 21:31 सोमबार, साउन १२, २०८२
प्रतिक्रिया दिनुहोस्