बुधबार, माघ २१, २०८२

पञ्जाब १० वर्षपछि आईपीएल फाइनलमा

 |  सोमबार, जेठ १९, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०८२

पाँच पटकको उपाधि विजेता मुम्बई इन्डियन्सविरुद्ध पाँच विकेटको जित निकाल्दै पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को फाइनलमा स्थान पक्का गरेको छ।

National life

पञ्जाबले अब उपाधिका निम्ति रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

आइतबार राति अहमदाबादमा भएको खेलमा मुम्बईले २०४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। पञ्जाबले १९ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

पञ्जाबको जितमा श्रेयस ऐयरले कप्तानी इनिङ खेले। उनले ४१ बलमा आठ छक्का र पाँच चौकासहित अविजित ८७ रन बनाए। नेहल वधेराले २९ बलमा चार चौका र दुई छक्कासहित ४८ रन लिए।

मुम्बईका आश्वनी कुमारले दुई विकेट लिए। ट्रेन्ट बोल्ट र हार्दिक पाण्ड्याले एक-एक विकेट लिए ।

Laxmi sunrise bank

टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०३ रन बनाएको थियो। 

पञ्जाबले सन् २०१४ पछि आईपीएलको फाइनलमा स्थान बनाएको हो। त्यतिबेलाको उपाधि भिडन्तमा पञ्जाबले कोलकाता नाइट राइडर्ससँग पराजय व्यहोरेको थियो।

प्रकाशित: Jun 02, 2025| 10:19 सोमबार, जेठ १९, २०८२
प्रतिक्रिया दिनुहोस्