आइतबार, मंसिर २८, २०८२

बजेट अभावले क्रिकेट खेलमैदान निर्माण अलपत्र

 |  शनिबार, जेठ १०, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०८२

कञ्चनपुर- सरकारले क्रिकेट स्टेडियम निमार्णका लागि पर्याप्त बजेट विनियोजन नगर्दा महेन्द्रनगरमा क्रिकेट खेलमैदान निर्माण अलपत्र परेको छ। विसं २०७४ सालमा महेन्द्रनगरस्थित कर्वडहलमा अन्तराष्ट्रियस्तरको क्रिकेट खेलमैदान निमार्णका लागि ‘डिपीआर’ तयार गरेर निमार्णको थालनी गरिएको थियो।

National life

आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय खेलकुद परिषद्ले एक करोड पचाँस लाख रकम बिनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थालेपनि बजेट अभावका कारणले निर्माण अघि बढ्न सकेन।

कवर्डहलमा माष्टर प्लानभन्दा बाहिर गएर धेरै संरचना बनेका कारण क्रिकेट मैदान बनाउन विनियोजित एक करोडभन्दा बढि बजेट माटो भरानमै सकिएपछि अरु काम अघि बढ्न सकेन। क्रिकेट मैदान निर्माणस्थलमै जिल्ला खेलकुद विकास समितिले माछा पोखरी निर्माणका लागि जग्गा ठेक्कामा दिदा अहिले क्रिकेटमा आएको रकम पोखरी पुर्नमा समेत खर्च भएको देखिन्छ।

जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले खेल मैदान नहुँदा प्रतियोगिता गराउन निकै समस्या खेप्नु परेको गुनासो गरे। 'हामीले कुनै प्रतियोगिता सञ्चालन गर्नुपर्यो भने हामीसँग खेल मैदान छैन,' उनले भने, 'कर्वड हलमा एउटा खेल मैदान छ त्यसैमा क्रिकेट, फुटबल सबै खेल खेल्नुपरेको छ।'

उनले सरकारको प्राथमिकतामा नपर्दा क्रिकेट स्टेडियमका लागि बजेट विनियोजन हुन नसकेको बताए। 'बर्वडहलमा अन्तरराष्ट्रिय स्टेडियमका लागि डीपीआर तयार भएको पनि आठ वर्ष भइसक्यो स्टेडियमको काम प्रारम्भ हुन सकेको छैन,' चन्दले भने, 'नेपालको हरेक समूहका राष्ट्रिय क्रिकेट टिममा कञ्चनपुरका खेलाडी छन् तयर यहाँ खेल मैदान बन्न सकेको छैन।' उनका अनुसार राष्ट्रिय खेलकुद परिषद्बाट डेढ करोड बजेट आएपनि उक्त रकम माटो भरानमै सकिएको छ। क्रिकेट स्टेडियम निमार्णका लागि कर्वडहल क्षेत्रमा साढे चार कट्टा जग्गा छुट्याइएको छ।

Laxmi sunrise bank
kumari

विभिन्न खेलमार्फत अन्तरराष्ट्रियस्तरमा मुलुकको नाम चिनाउन सफल यहाँका खेलाडीले न्यूनतम पूर्वाधारको सुविधा पनि पाउन नसकेको यहाँका सरोकारवाला गुनासो गर्छन। जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष कैलाश गिरीले क्रिकेटको उर्बर भूमि भएपनि यहाँ प्रतियोगिता सञ्चालनका लागि क्रिकेट स्टेडियम बन्न नसकेको बताए।

'राज्यको प्राथमिकतामा पर्न नसक्दा अहिलेसम्म क्रिकेट खेलमैदान बन्न सकेको छैन,' उनले भने, 'पर्याप्त बजेको अभाव र खेलाडीहरु सुविधा छैन भएको बजेटको पनि सदुपयोग हुन सकेको छैन।' उनले सरकारले प्राथमिताका साथ खेल पूर्वाधार निमार्णमा जोड दिनुपर्ने बताए।

क्रिकेटको इतिहास नियाल्ने हो भने, विगतदेखि अहिलेसम्म क्रिकेटका चर्चित खेलाडी उत्पादनको हब कञ्चनपुर जिल्ला हो। अहिले पनि कञ्चनपुरका मात्रै चार जना क्रिकेट खेलाडी नेपालको राष्ट्रिय क्रिकेट टोलीमा छन्।

विश्वकीर्तीमान बनाउने दीपेन्द्रसिंह ऐरी देखी नेपाली क्रिकेटका परिचित नाम विनोद भण्डारी, प्रदीप ऐरी, भीम सार्कीको गृह जिल्ला कञ्चनपुरमा क्रिकेटको क्रेज ग्रामीणस्तरसम्म रहे पनि यहाँ खेल मैदान बनाउने विषय भने प्राथमिकतामा परेको छैन। महिला क्रिकेटको राष्ट्रिय टीमदेखी हरेक समूहका राष्ट्रिय टिममा कञ्चनपुरका खेलाडीको बर्चश्व छ।

पछिल्लो पुस्तामा प्रतिभावान खेलाडी देखिएका पनि खेल पूर्वाधार र पर्याप्त सेवासुविधा नहुँदा खेलाडी पलायन भइरहेका छन। महेन्द्रनगरस्थित कर्बडहलको जग्गा जिल्ला खेलकुद विकास समितिले कृषि प्रयोजनका नाममा गुरुयोजना विपरित प्रयोग गरेपछि खेलाडीले कबर्डहलको खेल मैदान प्रयोग गर्न नपाएको यहाँका स्थानीय बताउँछन्।   -रासस

प्रकाशित: May 24, 2025| 08:15 शनिबार, जेठ १०, २०८२
प्रतिक्रिया दिनुहोस्