शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाढीले भत्काएको दुई वर्ष बित्दा पनि बनेन बिरिङ खोलाको पुल, स्थानीय जोखिम मोल्न बाध्य

बाढीले भत्काएको दुई वर्ष बित्दा पनि बनेन बिरिङ खोलाको पुल, स्थानीय जोखिम मोल्न बाध्य

 |  सोमबार, जेठ ५, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०८२

झापा- झापाको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म पुनर्निर्माण हुन सकेको छैन। विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने यो महत्वपूर्ण पुल भासिएपछि स्थानीय जोखिम मोलेर साना सवारी साधन चलाउन बाध्य भएका छन्।

National life

स्थानीय मेघराज रम्तेलले भासिएको पुलको तत्काल मर्मत सम्भार वा पुनर्निर्माण गर्न सरकारले चासो नदेखाएकोमा गुनासो व्यक्त गरेका छन्। “पहिलो वर्ष त बजेट थिएन होला भनेर चित्त बुझायौँ, अब दोस्रो वर्ष पनि नबन्दा चाहिँ चिन्ता लागेको छ,” उनले भने।

हिउँदमा कुनै न कुनै रूपमा सवारी साधन चल्ने यो पुल बर्खायाममा पूर्ण रूपमा बन्द हुने गरेको छ। पुलको छत भासिएर खोलामा पुगेकाले स्थानीयवासीले सो स्थानमा नयाँ पक्की पुल निर्माण गर्न माग गरेका छन्। बर्खाको समयमा बाढी पुलमाथिबाट बग्ने गरेको छ, जसले थप जोखिम बढाएको छ।

अर्जुनधारा नगरपालिकाका सूचना अधिकारी हेमराज सेढाईले पुल निर्माणका लागि बजेट व्यवस्थापन गर्न पालिकाले संघीय सरकारसँग अनुरोध गरेको जानकारी दिए। “सभामुख देवराज घिमिरे र भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले चासो देखाउनुभएको छ। उहाँहरूले पुलको अवस्था निरीक्षण गर्नुभएको छ र आगामी वर्षको बजेटमा पुल पर्ने आशा गरेका छौं,” उनले भने।

नगरपालिकासँग नयाँ पुल निर्माण गर्न पर्याप्त बजेट नभएको बताउँदै सेढाईले संघीय सरकारकै सहयोगको प्रतीक्षा गर्नुको विकल्प नरहेको बताए। पुल भासिएर काम नलाग्ने अवस्थामा पुगिसकेकाले मर्मत सम्भारले मात्र समस्या समाधान नहुने उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

यो पुल विसं २०६५ सालमा भारत सरकारको दुई करोड रुपैयाँ सहयोगमा निर्माण भएको थियो। पुल बनेपछि यस सडकमा लामो दूरीका यातायातका साधनसमेत सञ्चालन हुन थालेका थिए।

सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी विपिन ढुङ्गानाले चालु आर्थिक वर्षको कार्ययोजनामा सो पुल निर्माणको योजना नपरेको जानकारी दिएका छन्।

प्रकाशित: May 19, 2025| 07:46 सोमबार, जेठ ५, २०८२
प्रतिक्रिया दिनुहोस्