शनिबार, असार २८, २०८२

सगरमाथा संवादका पाहुनालाई हिमाल देखाइयो

 |  आइतबार, जेठ ४, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०८२

vianetvianet

काठमाडौं- सगरमाथा संवाद २०२५ को अन्तिम दिन आज बिहान २४ जना विदेशी पाहुनाले माउन्टेन फ्लाइट गरेका छन्।

हिमाल देखाउने उद्देश्यका साथ वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको नेतृत्वमा सगरमाथा संवादका लागि नेपाल आएका मध्ये करिब २४ विदेशी पाहुना र केही स्वदेशीहरूले माउन्टेन फ्लाइट गरेका हुन्।

नेपाल सरकारले उक्त फ्लाइटको आयोजना गरेको थियो। विदेशी पाहुनाहरूले सगरमाथा लगायतका हिमालहरू अवलोकन गरे। सेताम्मे हुने गरेको हिमालहरूमा जलवायु परिवर्तनको असर देखिएको वनमन्त्री शाहीले बताए।

शुक्रबारदेखि सुरु भएको पहिलो संस्करणको सगरमाथा संवाद आइतबार सम्पन्न हुँदैछ। तीन दिने संवादमा नेपालले जलवायु परिवर्तन, पर्वतहरु र मानव भविष्य विषयमा बहस उठाइरहेको छ।
 

प्रकाशित: May 18, 2025| 11:14 आइतबार, जेठ ४, २०८२
प्रतिक्रिया दिनुहोस्