शनिबार, पुस १२, २०८२

बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु

 |  शनिबार, जेठ ३, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०८२

काठमाडौं- काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँको बालाजु र नागार्जुन नगरपालिकाका बासिन्दालाई मेलम्चीको पानी वितरण गर्न थालेको छ।

National life

पिआईडीले काठमाडौँ महानगरपालिका–१६ अन्तर्गत बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिमपाट, बेलकोटे, शिवपुरी, खोकन तथा नागार्जुन नगरपालिकाका वडा नं १ र २ का कागेश्वरी मनोहरा, नागार्जुन वन, वृन्दावन महादेव लगायतका क्षेत्रमा मेलम्चीको पानी वितरणको लागि आवश्यक प्रक्रिया अगाडि बढाएको हो।

आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले काठमाडौँ उपत्यकामा पानीको आपूर्तिमा थप सुधार गरी नागरिकलाई सफा र प्रशोधित पानी उपलब्ध गराउने उद्देश्यले बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण गर्न लागिएको जानकारी दिए।

उनले भने, “काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने अभियान र मन्त्रीज्यूको निर्देशनपश्चात् हामीले उक्त कार्यका लागि बोलपत्रसमेत आह्वान गरेका छौँ। नागरिकलाई सफा र प्रशोधित पानी उपलब्ध गराउने हाम्रो उद्देश्य हो।”

वितरण सञ्जाल सुधार कार्यअन्तर्गत रिङ रोड, बालाजु क्षेत्रमा कुल तीन हजार आठ सय ११ मिटर पाइपलाइन विस्तार गरिने जनाइएको छ। बालाजुस्थित ट्याङ्कीबाट नागरिकलाई सफा र प्रशोधित पानी आपूर्ति गरिने पिआईडीले जनाएको छ।

Laxmi sunrise bank
kumari

यो सेवा सञ्चालनमा आएपछि मेलम्ची परियोजना अन्तर्गत दैनिक २७० मिलियन लिटर पानी काठमाडौँका विभिन्न भागमा आपूर्ति गर्न सकिने अनुमान छ। खानेपानी मन्त्रालयका अनुसार पानी वितरणमा भएको ढिलाइलाई अन्त्य गर्दै आपूर्ति प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाइनेछ।

यसबाट काठमाडौँ उपत्यकाभित्रको पानी संकटलाई केही हदसम्म समाधान गर्न मद्दत पुग्ने विश्वास लिइएको छ। यो प्रक्रिया सुरु भएसँगै बालाजु र नागार्जुन नगरपालिकाका नागरिकहरूले आगामी दिनमा नियमित रूपमा मेलम्चीको प्रशोधित पानी पाउनेछन्।

प्रकाशित: May 17, 2025| 07:31 शनिबार, जेठ ३, २०८२
प्रतिक्रिया दिनुहोस्