शनिबार, पुस १२, २०८२

डिप ट्युबेल जडानले २४० बिघा जग्गामा सिँचाइ सुविधा

 |  शुक्रबार, जेठ २, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०८२

कञ्चनपुर- डिप ट्युबेल जडान भएपछि शुक्लाफाँटा नगरपालिका-१२ का किसानको २४० बिघा जग्गामा सिँचाइ सुविधा पुगेको छ। भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले ठेक्का प्रक्रियामार्फत वडाका चार स्थानमा डिप ट्युबेल जडानको कार्य गरेको छ।

National life

गौंडी, खल्ला, वसन्तपुर र तिलकी टोलमा डिप ट्युबेल जडानको कार्य गरिएको वडाध्यक्ष नवलसिंह रानाले बताए। 'एउटा डिप ट्युबेलको क्षमता ६० बिघा जग्गामा सिँचाइ गर्ने गरेको छ', उनले भने, 'चारवटा डिप ट्युबेलबाट २४० बिघा जग्गामा सिँचाइ गर्न सकिन्छ।'

डिप ट्युबेलमार्फत सिँचाइ सुविधा उपलब्ध भएपछि यस क्षेत्रका किसानलाई माछापालन, उखुखेती, तरकारीखेती, बसन्ते मकैखेती, केराखेतीलगायत गर्न निकै सहज भएको छ। सो सुविधाले समयमै धान, तोरी, मसुरो र गहुँबाली किसानले लगाउन पाएका छन्। बालीको उत्पादकत्व विगतको तुलनामा निकै वृद्धि हुँदै गएको किसानहरुको भनाइ छ।

'विगतमा सिँचाइको भरपर्दो व्यवस्था नहुँदा यहाँका किसानले आकासे पानीको भर पर्नु पर्दथ्यो', केराखेती गर्दै आएका मोहन रानाले भने, 'सिँचाइको सुविधाले चाहेको बेला सिँचाइ गर्न पाएका छौँ, केराखेतीबाट मनग्य आम्दानी लिँदै आएका छौँ।'

सिँचाइको व्यवस्थाले यस क्षेत्रका किसानको आयआर्जनमा निकै वृद्धि भएको स्थानीय शिक्षक गेंदुराम रानाले बताए। उनका अनुसार डिप ट्युबेल जडानबाट ४०० बढी किसान लाभान्वित भएका छन्। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: May 16, 2025| 16:01 शुक्रबार, जेठ २, २०८२
प्रतिक्रिया दिनुहोस्