काठमाडौंको कात्यायनी चोकमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ। कात्यायनी चोकमा बस्ने ३ वर्षीय शिवांश झाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकोफ छ।
शुक्रबार कात्यायनीबाट भीमसेनगोलातर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०३१ च ९५६३ नम्बरको इसुजु गाडीले झालाई ठक्कर दिएको थियो। उपचारको क्रममा उनको केएमसी अस्पतालमा मृत्यु भएको हो। जिप चालक काठमाडौं–३१ घर भएका रमेश कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।